Sunday, February 11, 2018

क्याप्टेन बाजे

अब त म छ कक्षामा पढ्ने
रंगीविरंगी  गातामा ढाकिएका
र कार्टून क स्टीकर टासिएका
किताब कापी बोकेर जाने
फेरी एउटा नया साल थियो
म स्कूल जाने बाटोमा
मेरो घर बाट पांच छ घर पल्तिर
लेउले मैलिएर कालो भएको
दशकौ दशक देखेको
एउटा चौपारी थियो
जहाँ शानले गजधम्म उभिएको थ्यो
बुढो पिपल
भित्र भित्र सम्म जरा गाडेको
उध्रिएको कंक्रिट बाट प्रस्टै देखिन्थ्यो
बुढो पिपलका जरा
समयकै हिसाब गर्ने हो भने
दुवै दौंतरी झैँ देखिन्थे



उमेर संगै सेत्तिदै गएको कन्चट्
र रित्तिदै गरेको तालु
बर्षै पिच्छे बाढ्दै गएका चाउरिहरु
र चौपारीमा पिपलले गाडेका जरा जस्तै
कन्चट्मा प्रस्टै देखिने नीला नसाहरु
ख्याउटे दुब्लो शरिर
उनि पनि साच्चैं बुढा भए का थिए
म रोज बिद्धयालय जांदा चुरोटका धुवा फ्वा फ्वा  उडाउने
पात्र थिए क्याप्टेन बाजे
म अनविज्ञ थिएं
उनको भूत र वर्तमान संग
मेरो निम्ति उनि एक पात्र थिए
फगत एक चुरोटे पात्र
हावा मा फैलीएको हल्लाले भन्थ्यो उनले बट्टा नारित्त्याएको दिन हुंदैनथ्यो
समय बगिरह्यो धुवा उडिरह्यो
म सात,आठ गर्दै नौमा पढ्ने भंए
नयां किताब नया कापी नया साल
पत्रोबाट दिनहरु रित्तिदै थिए
र एक दिन
साविक भन्दा भिन्न देखिन्थ्यो
चौपारी र पिपल
क्याप्टेन बाजे रहित
नजिकै गएर हेर्दा
माटोमा केहि दबेका र केही दब्न बाँकी
चुरोट क ठुटा हरु थिए
फगत ठुटाहरु

https://www.youtube.com/watch?v=U7KFPnh_ACw&t=39s

Share:

0 comments:

Post a Comment

Total Pageviews

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming

Contributors

Powered by Blogger.