Sunday, February 11, 2018

तिमी

मेरा खुशीहरुमा रमाउने तिमीलाई
म आज मेरा शब्दहरुमा समेट्दै छु
समाजका यावत प्रस्नहरुको मतलब नगरी
मेरा हात थाम्न साहस गर्ने तिमीलाई ...
माघका चीशा रातहरुमा
जब जुन पनि काँप्दै
लुक्न खोज्थ्यो
बादलहरुमा
हामी हुन्थ्याँै
डेराको दिउसै अँध्यारो पर्ने कोठामा
भेल्भेटको ब्ल्यांकेट आधा आधा बाड्दै
घरि दायाँ घरि बायाँ
कोल्टे फेर्दै
त्यो ठिहिर्याउने जाडोमा निद्रा खोज्दै
अनि तिमी
आफ्नो आङ नढाकी आफूतिर नराखी
मलाई सारी दिन्थ्यौ
उही पुरानो भेल्भेटको ब्ल्याङकेट

दिनभरी शहरको धुलो खादँै
आपिÞmसका फाइलमा अल्मलिँदै
साझा बसमा उभिदै ठेलिदै
म डेरा फर्कन्थँे
तिमी मेरो खुम्चिएको गालालाई
हाँस्न उक्श्याउथ्यौ
आफ्नो हँशिलो मुस्कानले
अनि म बिर्शिन्थँे
मानौ घाउले एनेस्थेसिया पाएपछि
दुःखाई भुल्यो

सधँै म पछि भान्सा उठाउने तिमी
मैँले त खै कैहिल्यै सोधिन
र कैहिल्यै बुझिन
तिमी अघायौ या अघाइनौ
महिना मर्दा जब घर भेटिलाई
बुझाउनुपर्थ्यो हामीले
दिनचर्याका महशुलहरु
तब संघारमा मलाई रोक्दै
शिरानी पल्टाई भरिदिन्थ्यौ तिमीले मेरा अधुरा हातहरु
खुत्रुके मा संघालेका खुशिहरुले
अनि मात्रपो नयाँ महिना सुरु हुन्थ्यो

https://www.youtube.com/watch?v=X1qjRsaqiBM

Share:

0 comments:

Post a Comment

Total Pageviews

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming

Contributors

Powered by Blogger.